Incident Reports

ठगी र जबरजस्ती करणी अभियोगमा एक पक्राउ

2019-03-27

Lumbini, Dang, Tulsipur

 लाखौं रुपैयाँ ठगी र जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारका ४० वर्षीय महेश भनिने भुवन धिताललाई ठगी र जवरजस्ती करणीका पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । ठगीमा पाँचजना पीडितहरुको सामूहिक जाहेरी र जबरजस्ती करणीमा तीनजनाको छुट्टाछुट्टै जाहेरीका आधारमा धिताललाई बुधबार बेलुका दाङ र बाँकेको सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए। बाँके हुँदै भागेर काठमाडौ जान खोजेका बेला पक्राउ गरिएको उनले बताए।

धितालको साथबाट १ करोड ६९ लाख रकमका ८२ थान चेक, दुईवटा खाली चेक, १ करोड २४ लाखका ३२ वटा तमसुक, बा १५ च ७६६८ नं. को एक सेतो फोर्ड गाडी, भे ८ प ३९५५ नं. को एक स्कुटर, चारवटा ढुकुटी खेलाएको रजिष्टर, चारवटा खाली तमसुक, दुई मोबाइल, दुई सुनका औंठी, एक ब्रासलेट, १८ हजार ५ सय नगद, एक घडी र एक पत्रकार परिचयपत्र बरामद भएको उनले जानकारी दिए। ठगी र जबरजस्ती करणी अभियोगमा पक्राउ परेका दाङका भुवन धितालबाट प्रहरीले बरामद गरेको गाडी र स्कुटर। धितालले शैक्षिक स्तर कमजोर भएका, एकल महिला र श्रीमान विदेश गएका महिलाबाट ढुकुटी खेल्ने नाममा रकम असुल्ने र ठगी गर्ने गरेको एसपी पाण्डेले बताए। रकम लिएर ठग्ने र माग्दा आफू पत्रकार भएको, प्रहरीका हाकिमहरुसँग राम्रो सम्बन्ध भएको भन्दै धम्काउने गरेको पीडितहरुले बताएका छन्। उनले जलजला खबर डट कमको नामबाट पत्रकार परिचयपत्र बनाएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ। रकम सापटी दिने र धम्काएर ३६ प्रतिशतसम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न तरिकाले प्रलोभन र दबावमा पारी यौनशोषण समेत गर्ने गरेको उजुरी परेको प्रहरीले जनाएको छ। दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको एसपी पाण्डेले बताए। उनको आर्थिक स्रोत र सम्पत्तिबारे थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई समेत अनुरोध गरी पठाएको उनले जानकारी दिए। धितालबाट पीडित भएकालाई जाहेरी दिन प्रहरीले सबैमा अनुरोध गरेको छ। २०३५ जेठ १ गते तुलसीपुरको बेलगनारमा जन्मिएका धिताल एसएलसीसम्म पढेर २०६० बैशाखमा बैदेशिक रोजगारमा मलेसिया गइ तीन वर्षपछि फर्किएका थिए। उनी केही वर्ष घरमै खेतीपाती र किसानी काम गरेर २०६६ मा फेरि दुबई गएका थिए। २०६८ मा नेपाल फर्केर घोराही १५ दिपशिखा रोडमा तीन वर्ष र इन्द्रेणी टोलमा ८ महिना जति होटल व्यवसाय गरेका थिए। २०७२ मा होटेल व्यवसाय छोडेका धितालले केहीसमय घरमै बसेर जग्गा कारोबार गरेका थिए। त्यसयता उनी निरन्तर ठगी र यौनशोषणमा लागेको प्रहरीले जनाएको छ। प्रकाशित :



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 3
Female Raped 3
National/Online Media

0 Comments