Incident Reports

आम्दा अस्पतालमा बालक मृत्यु प्रकरण: नर्समाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मी नै आन्दोलित

2019-04-10

Lumbini, Rupandehi, Butwal

रुपन्देही– सोमबार साँझ उपचारका क्रममा मृत्यु भएका बच्चाको विषयलाई लिएर आम्दा अस्पतालमा फेरि लफडा भएको छ । बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा उपचारको क्रममा बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएपछि पीडित परिवार आन्दोलित छन् ।  शव नउठाई क्षतिपूर्ति दिनुपर्ने माग राख्लै हिजो विहानैबाट अस्पताललाई दवाव दिँदै आएका आफन्तहरुसँग राती तीन बुँद्धे सहमति भएको थियो ।आज दिउँसो एक बजेपछि फेरि सोही घटनामा नर्समाथि हातपात भएको भन्दै स्वास्थकर्मीहरुले आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका छन् । आज  दिउँसो १ बजेदेखि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द भएका छन् ।अस्पताल प्रमुख डा.विनोद पराजुलीले स्वास्थ्यकर्मीहरुले दिउँसो एक बजेदेखि इमरजेन्सी बाहेका अन्य काम नगरेको रातोपटीलाई बताए । नर्स ज्ञानु केसीले आफुहरुमाथि ड्युटीमा रहेकै बेला हातपात भएकोले असुरक्षित महसुस गर्दै आन्दोलन गर्नुपरेको दावी गरिन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments