Incident Reports

श्रम ऐन कार्यन्वयन माग गर्दै प्रदेश १ का सुरक्षागार्डले गरे आन्दोलन

2019-06-20

Province 1, Morang, Biratnagar

विराटनगर : सरकारले लागू गरेको श्रम ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्दै प्रदेश १ मा कार्यरत सुरक्षागार्डले बिहीबार प्रदर्शन गरेका छन् ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई उनीहरुले ज्ञापनपत्र पनि बुझाएका छन् । अखिल नेपाल सेक्युरेटी मजदुर संघ १ नम्बर प्रदेशको अगुवाइमा सुरक्षा गार्डहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

विराटनगरमा भेला भएका उनीहरुले ज्ञापनपत्र बुझाउनुअघि ¥याली निकालेका थिए । सरकारले २०७५ साउन १ गतेदेखि लागू गरेको न्यूनतम पारिश्रमिक हालसम्म लागू हुन नसकेको उनीहरुको गुनासो छ ।

मन्त्री घिमिरेले उद्योगी व्यापारी लगायत सबै पक्षसँग छलफल र समन्वय गरेर सबै उद्योग लगायत निकायमा श्रम ऐन लागू गराउन तत्काल पहल सुरु गर्ने प्रतिवद्धता जनाए ।

प्रदेश १ मा ६३ वटा सेक्युरेटी कम्पनी छन् । जसमा ५ हजार बढी सुरक्षा गार्ड कार्यरत छन् । सुनसरीमा २९ र मोरङमा १८ वटा सेक्युरेटी कम्पनी छन् ।

काठमाडौंबाट सञ्चालन गरिएका १६ वटा रहेको अखिल नेपाल सेक्यूरिटी मजदुर संघ प्रदेश १ का संयोजक राजकुमार मल्लले बताए । उनका अनुसार अधिकांश सेक्युरेटी कम्पनीमा कार्यरत सुरक्षा गार्डलाई श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक दिइएको छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis