Incident Reports

लाइफलाइन अस्पताका नर्सहरु आन्दोलित

2019-08-18

Province 1, Jhapa, Damak

पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापा दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन्।

आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा, सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु आन्दोलित भएपछि अस्पतालको नियमित सेवामा प्रभावित हुन पुगेको छ । उनीहरुले काम छोडेर माग पूराउन आन्दोलनमा उत्रिएका छन् । आइतबार आन्दोलित नर्सहरुले आफना मागका बारेमा अस्पताल प्रशासनलाई लिखीत ज्ञापनपत्र बुझाएका थिए। आन्दोलनका कार्यक्रम अन्तर्गत आज नर्सहरुले अस्पताल परिषरमा विहान विभिन्न प्लेकार्ड बोकेर नारावाजी गरि प्रर्दशनमा उत्रिएका थिए। गठित संघर्ष समितिकी संयोजक मेलिना सुब्बाले नर्सहरुका माग पूरा गराउन दबावमूलक संघर्षका कार्यक्रम शुरु गरिएको बताइन्। माग सुनुवाई नभएसम्म काममा नफर्किने संयोजक सुब्बाले चेतावनी दिईन्  माग सुनुवाई नभएसम्म काममा नफर्किने संयोजक सुब्बाले चेतावनी दिईन् ।। उनले भनिन्,-'नर्सहरुका आधारभूत सेवा, सुविधा सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न ।' 

आन्दनाोलनमा उत्रिएका नर्सहरुले सब्बाको संयोजकत्वमा एक संघर्ष समिति गठन गरेका छन् । आन्दोलनमा उत्रिएका नर्सहरुले अस्पताल प्रशासनले करारमुक्त गरिएका सम्पूर्ण नर्सहरुलाई पूर्नावहाली हुनुपर्ने, तलव बृद्धि गर्नु पर्ने, आर्थिक शोषण बन्द गर्नुपर्ने, सबै कर्मचारी ससम्मान व्यवहार गर्न, पद अनुसार कामको व्यवस्था गर्न माग अघि सारेका छन् । अस्पतालका अधिकांश नर्सहरुले न्यून ज्यालामा काम गरिआएका छन् । तर अस्पताल प्रशासनले भने नर्सका माग जाउज नभएको बताउदै आएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments