Incident Reports

ब्रिटानिया नेपाल प्रालीका मजदुरहरु काम बन्द गरी आन्दोलनमा

2019-08-26

Madhes, Parsa, Birgunj, Ward 21

श्रम ऐन अनुसार सेवा सुविधाको माँग गर्दै वीरगञ्जमा रहेको ब्रिटानिया नेपाल प्रालीमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रेकाछन् । वीरगञ्ज महानगरपालिकाको परवानीपुरस्थित उक्त उधोगमा कार्यरत मजदुरहरुले सोमबारदेखि काम बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।  

कारखानामा ठेकेदारीमा काम गर्दै आएकोमा मजदुरहरुलाई शोषण गरिदै आएको आरोप उनीहरुले लगाएका हुन् । मजदुरहरु मूल गेटमा धर्नामा बसि आन्दोलन गरिरहेका हुन्। ठेकेदारहरुकै कारणले आफुहरुले श्रम ऐन अनुसारको सेवा सुबिधा पाउन नसकेको आरोप उनीहरुको छ । ठेकेदारले श्रम ऐन अनुसार अहिलेसम्म आफुहरुलाई कुनै पनि सुबिधा उपलब्ध नगराएको आरोप मजदुरहरुको छ। उधोगमा कार्यरत मजदुर विशाल पटेलका अनुसार उधोगमा काम गर्ने सिलसिलामा ठेकेदारले धाँधली गरि काम गराउने गरेको बताए।

उधोग सञ्चालनमा आएदेखि उधोगमा नै कार्यरत रहेका उनले बताए। अहिलेसम्म ठेकेदार वा उधोग प्रशासन कसैले पनि सम्झौता पत्र नियुक्ति पत्र लगायत कुनै पनि प्रमाण उपलब्ध नगराएको पटेलको भनाई छ । ठेकेदारले जन बेला चाहयो सोही बेला घर फकाई दिने गरेको बताए । श्रम ऐन अनुसारको सेवा सुविधा उपलब्ध गराउन पटेलले माग गरेकाछन्। उक्त उद्योग ६ महिना पहिले देखि सञ्चालनमा आएको हो । त्यहा रहेका एक सय ८ जना मजदुरहरु ठेकदारीमै कार्यरत रहेका छन।

बिबेक सप्लायर्स,पप्पु मेन पावर उज्जवल लेबर कन्टब्रान गार तीन वटा ठेकेदार कम्पनीले कामदार राख्ने ठेक्का उक्त उद्योगमा प्राप्त पाएका छन।

ठेकेदारले नै मजदुर राखेकाले उनीहरुको सेवा सुविधाबारे ठेकेदारले नै चासो लिनुपर्ने उद्योग प्रशासनको धारणा छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments

Related Trend Analysis