2019-11-17
२ मंसिर, वीरगञ्ज । पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो ।
गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहबीच जम्काभेट भएको थियो । तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठले जानकारी दिए ।
घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ । बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय बढनिहारमा राखिएको छ । यसअघि तिमल्सिना नेतृत्वको टोलीले नै पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ मा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद गरेको थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | Small arms |
Primary Cause | Access/control of other natural resources (forest, minerals) |
Actor 1 - Number of people | 3 |
Actor 1 - Affiliations | Criminal |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 3 |
Actor 2 - Affiliation | Police |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD