Incident Reports

जागिर लगाइदिने बहानामा बलात्कार प्रयास, दुई महिलासहित ३ जना पक्राउ

2019-11-21

७ मंसिर, काठमाडौं । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् ।

जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्‍याइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन् ।

ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार ५ मंसिरमा पीडितलाई अन्तरवार्ताका लागि बोलाएर डेरामा लग्ने बहानामा गोदावरीसम्म लगेर रिसोर्टमा बलात्कार गर्न खोजेको आरोप ढुंगानामाथि छ ।

पीडितको जोहरी प्राप्त भएपछि पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको उनले बताए । रिसोर्टका कर्मचारीको सहयोगमा पीडित आफन्तसम्म पुगेको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments