Incident Reports

धनुषामा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या

2019-11-22

Madhes, Dhanusha, Mithila Bihari, Ward 4

७ मंसिर, जनकपुरधाम । दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो ।

कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । उनी भन्छन्, ‘आर्थिक अभावका गर्न तत्काल नामसारी गर्न सकेनौं । त्यही कारण हाम्रो छोरीको हत्या भयो ।’ 

कुसुमलाई ससुरा रामचन्द्र मण्डलले शुक्रबार राति जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । पासो लगाएर आत्महत्या गर्न खोज्दा उद्दार गरेर ल्याएको बताएका थिए । तर उनको मृत्यु भएपछि उनी शव छाडेर फरार भएका छन् । 

कुसुमको करिब डेढ बर्षअघि प्रकाशसँग विवाह भएको थियो । 

यसैबीच प्रहरीले कुसुमका श्रीमानलाई नियन्त्रणमा लिएको छ । र, घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments