Incident Reports

रौतहटको फतुुवा बिजयपुर नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

2020-01-08

Madhes, Rautahat, Phatuwa Bijayapur

रौतहट । रौतहटको उतरीभेगस्थित फतुवा बिजयपुर नगरपालिकामा बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ । बुुधवार दिउँसो शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका हुन् ।

नगर प्रमुख गोपाल राय यादवको लापरवाहीले गत साउनदेखि तलब पाउन नसकेको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।तुल,ब्यानर र प्लेकार्ड सहित आएको कर्मचारीको टोलीले जुलुस लगाउँदै बिजयपुर बजारको परिक्रमा गरी कोणसभा आयोजना गरेका थियो  । कोणसभामा माबी बिजयपुरका प्रधानाध्यापक सुदामा यादव, शिक्षा संयोजक बुनिलाल यादव,स्वास्थ संयोजक प्रभु नारायण पटेल,शिक्षिका उषा श्रेष्ठले नगरप्रमुख गोपाल यादव पटक पटक तलव निकासा गराउने झुुठो आश्वासन दिएर कर्मचारी लाई ढाँटदै आएकाले तलाबन्दीको बिकल्प नरहेको बताएका थिए ।

कोण सभापछि शिक्षक, स्वास्थकर्मी, निजामती कर्मचारी तथा करार कर्मचारीहरुको टोलीले नगरपालिकामा तालाबन्दी गरेको थियो । तेस्रो नगरपरषद नभएको बहाना बनाउँदै मेयर यादवको गैर जिम्मेवारीको कारण नगरक्षेत्र अन्तरगतका तीन माबी, आठ निमाबी र १९ वटा प्राविका शिक्षकका साथै अन्य कर्मचारीहरुले गत साउन देखि हालसम्म तलब पाउन नसकेको शिक्षक रञ्जन प्रसाद खरेलले बताए ।

शिक्षक लगायतका कर्मचारीले तलब नपाएसम्म नगरपालिकामा लगाइएको ताला नखोल्ने शिक्षक खरेलल बताए । गत ६ महिना देखि तलव नपाँउदा कतिपय शिक्षक तथा कर्मचारीलाई खान–लाउन समेत कठिनाई भइरहेको उनीहरुले गुनासा थियो ।फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले नगरपालिकामा तालाबन्दी भएको स्विकार गर्दै आफू बाहिर रहेको बताए । उनले उनीहरुको माग सम्बोधन गरिने बताए ।   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments