Incident Reports

चन्द्रपुरमा नेबिसंघको प्रदर्शन

2019-09-30

Madhes, Rautahat, Chandrapur

नेपाल विद्यार्थि संघ रौतहटले प्रहरीले पक्राउ गरेको ६ जना निर्दोश बिद्यार्थीको रिहाईको माग गर्दै बिरोध प्रदर्शन गरेका छन । सोमबार रौतहटको चन्द्रपुर पुर्व पश्चिम राजमार्गमा करिव ३० मिनेट बिरोध प्रर्दशन गरेका थिए।

निर्दोश बिद्यार्थी रिहा गर , भ्रष्टचारलाई ढाकछोप गर्न पाईदैन , बिद्यार्थि एकता जिन्दावाद जस्ता बिभिन्न नारा लगाई बिरोध प्रर्दशन गरेका थिए। बिरोध प्रर्दशन पश्चात चन्द्रपुरको मुख्य चोकमा कोणसभा समेत गरिएको थियो । सो कोण सभामा जन ज्योति बहमखी क्याम्पसका उप-सभापति गोपाल प्रसाद हुमागाईले कानन विपरीत नगरपालिकाले शिक्षक सरुवा गर्न नपाइने ,यस्तो कार्य नगरप्रमुख सियाराम कुस्वाहाको दम्भपुर्ण कदम भएको उहाले बताउनु भयो ।

उहाले बिल भर्पाइ विद्यार्थिले आगजनी नगरेको अबस्थामका नष्ट हुन नसक्ने भएकाले २.५ करोडको भ्रष्टचार ढाकछोप गर्न नगर प्रमुख कस्वाहले विद्यार्थिमाथि अरोप लगाएर आफु उम्कन मात्र खोजेको बताउनु भएको थियो।

पक्राउ गरेका ६ जना निर्दोश बिद्यार्थीहरुलाई यथाशिघ्र रिहाई नगरे मंगलबारबाट रौतहट जिल्ला व्यापी आन्दोलन गर्ने उप-सभापति गोपाल हुमागाईले बताउनु भयो । सो बिरोध प्रदर्शन कार्यक्रममा प्रदेश सभा सदस्य धनलाल ठोकर, नेपाली काग्रेसका महासमिति सदस्य मुकेश गिरी, प्रदेश सभा संयोजक नरेश लामिछाने, नेपाल बिद्यार्थि संघका निर्वतमान केन्द्रय सदस्य नवराज देवकोटा, राजाबाबु प्रसाद, नेपाल बिद्यार्थी संघका नेता देवराज कार्कि,श्याम हरी चौलागाइ,स्वतन्त्र विद्यार्थि युनियनका सभापति संगम श्रेष्ठ, भिमराज अधिकारी (शशिल),प्रलाद मैनालि ,अश्विन उपाध्याय, अकास खरेल, हिमाल खरेल, अन्नद मोहन साह, बि कल कार्कि, समिर दाहाल, अर्जुन चौधरी महिला नेत् कबिता बाईवा, सिखा काफले अल्बिना खड्का, स्वस्तिका आचार्य लगायतका रौतहट जिल्लाका नेबिसंघका बिद्यार्थि नेताहरु, नेपालि काग्रेस रौतहटका नेताकर्ताहरुको सहभागिता रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments