Incident Reports

पुस्तक आयातको करविरुद्ध विद्यार्थीको बिरोध

2020-02-23

Province 1, Jhapa, Damak

पुस्तक आयातमा सरकारले लगाएको करविरुद्ध झापाको दमकबाट सांकेतिक बिरोध शुरु भएको छ। किताव आयातमा १० प्रतिशत कर लगाउँदा यसको मार पाठक तथा विद्यार्थीलाई परेकाले त्यसलाई हटाउन माग गर्दै मौन प्रदर्शन शुरु भएको हो। स्थानीय युवा, विद्यार्थी, कलाकार तथा साहित्यकारले स्वतःस्फूर्त रुपमा मुख्य चोकमा उपस्थित भई पुस्तक पढेर विरोध जनाउन शुरु गरिएको अभियानका सदस्य सिजन दाहालले बताए।

उच्च शिक्षाको पाठ्यक्रमकै पनि कतिपय पुस्तक विदेशबाट आउनु पर्ने तर सरकारले कर लगाएपछि त्यसको भार विद्यार्थीलाई पर्ने भएकाले त्यसलाई खारेज गर्न माग गरिएको उनले जनाए। यस्तै पुस्तक चेतनाको श्रोत भए पनि विश्वस्तरका पठनीय पुस्तक अध्ययनमा सरकारले निरुत्साहन गरेर नागरिकलाई विश्व समुदायबाट अलग्याउने प्रयास गरेको प्रदर्शनमा सहभागीले आरोप लगाएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments