Incident Reports

सर्लाहीमा झडप हुँदा ११ जना घाइते, चिनी बाेकेका ट्रक छाड्ने विषयमा विवाद

2020-05-10

Madhes, Sarlahi, Dhankaul

सर्लाही, वैशाख २८ गते । सर्लाहीको धनकौल गाउँपालिकामा आइतबार दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।  

चिनी मिलबाट किसानको भुक्तानी दिलाउने विषयलाई राजनीतिक रङ्गमा झडप भएको हो । आठ दिनअघि अन्नपूर्ण चिनी उद्योग धनकौलमा मौज्दात रहेको चिनी लिन मध्यरातमा आएका छवटा ट्रक किसानले नियन्त्रणमा लिएका थिए । 

आफूहरुले विक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका छन् ।  

किसानले नियन्त्रणमा लिएका ट्रक धनकौल गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया गाउँपालिकास्थित प्रहरी चौकी भवानीपुरमा राखिएका छन् । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी छन् भने दुई वटा खाली रहेका छन् । यस्तै भवानीपुरमा रहेका दुबै ट्रकमा चिनी लोड गरिएको छ । प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहेको अवस्थामै झडप भएको हो । 

झडप हुनुमा एकले अर्को पक्षलाई आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता अजयकुमार सिंहले किसानले भुक्तानी पाउने आधार तय गरेर मात्रै ट्रक छाड्न खोज्दा काँग्रेस कार्यकर्ताले विवाद गरी आक्रमणमा उत्रिएको आरोप लगाउनुभयो । शनिबार जिल्लाका सुरक्षा अधिकारीसहित सबै सरोकारवालाबीच छलफल गरी चिनी बिक्री हुनासाथ सबै किसानलाई न्यूनतम ५० हजार रुपियाँ प्रदान गर्ने सहमति जुटिसकेको अवस्थामा आज बिहान अचानक विवाद सिर्जना गरिएको बताउनुभयो ।  

सहमतिका बारेमा आइतबार बिहान किसानलाई जम्मा पारेर जानकारी गराइरहेका बेला काँग्रेस कार्यकर्ताले ढुङ्गामुढासहित आएर आक्रमण गर्दा आफूहरूतर्फका विष्णु प्रसाद सिंह, नितेश सिंह, सुरेश सिंह, जोगेन्द्र सिंह, खुशीकान्त झा र रामेश्वरी देवी घाइते हुनु भएको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेहरुले बरहथवामा उपचार गराइरहेका छन् । 

यता काँग्रेस नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले आक्रमणबाट आफ्नो तर्फका मुकेश साह, मोहन राय, अमरेन्द्र कुमार साह, इलियाम मन्सुरी र शम्भु साह घाइते भएका बताउनुभयो । घाइते शम्भु साहको घरमा तोडफोड समेत गरिएको सिंहले बताउनुभयो । नेकपा र जनता समाजवादी पार्टीका नेताले अनावश्यक विवाद गरेर माहोल बिगारेको प्रदेश सभा सदस्य सिंहले आरोप लगाउनुभयो । 

किसानको भुक्तानी दिलाउने विषयमा राजनीतिक हानाथाप हुँदा तीन÷चार वर्षदेखि चिनी मिलबाट भुक्तानी नपाएका किसान निराश भएका छन् । बन्दाबन्दीको समयमा चिनी मिलबाट भुक्तानी पाइएला र घर व्यवहार धान्न अलि सहज होला भन्ने आश गरेर बसेका किसान विवाद बढेपछि दुःखी भएका छन् ।  

थप विवाद हुन नदिन धनकौलमा सुरक्षाकर्मी बढाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिनुभयो । अन्नपूर्ण चिनी मिलले किसानलाई तीन÷चार वर्षदेखिको भुक्तानी नदिँदा पटक–पटक किसान आन्दोलित भइरहेका छन् । दलालमार्फत् समेत उखु खरिद गर्दै आएको आरोप लाग्ने सो मिलले किसानको कति भुक्तानी गर्न बाँकी छ ? भन्ने वास्तविक हिसाबकिताब नै छैन । 

 


  

  

 

  

 

  

 

  

 

  

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Other economic issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 11
Female Injured 1
Total damaged Buildings 00
National/Online Media

0 Comments

Related Trend Analysis