Incident Reports

कर्मचारी हटाएको विरोधमा चरिकोट अस्पतालमा आन्दोलन

2020-05-31

Bagmati, Dolakha, Bhimeshwor

चरिकोट अस्पतालले ३७ जना कर्मचारी हटाएपछि विरोधस्वरूप आन्दोलन सुरु भएको छ । लकडाउनका कारण बजेट अभाव भएको भन्दै अस्पतालले एकैपटक ३७ जना कर्मचारीलाई हटाएको हो । 

माघ ०७२ देखि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा अस्पताल सञ्चालन हुँदै आएको छ । अस्पतालमा कार्यरत एक सय २० मध्ये ३७ जनालाई अस्पताल प्रशासनले हालै हटाएको हो । यो अस्पतालको व्यवस्थापन न्याय हेल्थनामक गैरसरकारी संस्थाले गर्दै आएको छ । 

निष्कासनमा परेका कर्मचारीहरू ९बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारी निष्कासन गर्ने सामान्य मापदण्ड पनि पूरा नगरी स्वार्थ राखेर हटाएको र तल्लो तहका कर्मचारीलाई विभेद र दुर्व्यवहार गरेको उनीहरूको आरोप छ । साथै उनीहरूले न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख एवं अस्पतालका मेडिकल निर्देशक विनोद दंगालको राजीनामा पनि माग गरेका छन् ।

संघर्ष समितिका संयोजक सन्तोष पोख्रेलले दोलखाली जनताको स्वास्थ्य उपचारमा दाताले गरेको लगानी दुरुपयोग गर्न अस्पताल प्रशासन लागेको आरोप लगाए । उनले अस्पतालमाथि नै छानबिन गर्न न्यायिक निकायको ध्यानाकर्षण गराएका छन् ।

बर्खास्तमा परेका सबै कर्मचारी पुनर्वहाली नगरे इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् । न्याय हेल्थ नेपालले भने अमेरिकी संस्थाको अनुदान घटेका कारण कर्मचारी कटौती गर्नुपरेको जनाएको छ । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis