Incident Reports

कैलालीको लम्कीमा यातायात सेवा कार्यालय स्थापनाको माग गर्दै प्रदर्शन

2020-07-25

Sudurpashchim, Kailali, Lamkichuha

धनगढी: कैलालीको लम्कीमा यातायात सेवा कार्यालय स्थापनाको माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। यातायातसँग सम्बन्धीत काम गर्न धनगढी धाउनुपर्ने बाध्यता रहेको भन्दै त्यहाँका व्यापारी, राजनीतिक दल तथा युवाहरु प्रदर्शनमा उत्रिएका छन्।

लम्कीमा सेवा कार्यालय सञ्चालनका लागि दवाव दिन गत मंगलबार संर्घष समिति गठन गरिएको थियो। समितिकै अगुवाइमा शनिबार दिउँसो लम्कीमा प्रदर्शन गरिएको हो।

संर्घष समितिका संयोजक यज्ञरुप बुढाले टीकापुर, मोहन्याल र सुखड क्षेत्रका नागरिकका लागि लक्की उपयुक्त ठाउँ भएकाले यातायात व्यवस्थाको सेवा कार्यालय सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘लम्की क्षेत्रमा सबै प्रकारका सेवाहरु छन्। तर सवारी नविकरणका लागि धनगढी जानुपर्ने बाध्यता छ। सेवा कार्यालय लम्कीमा स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो।’ उनले धनगढी जान टाढा पर्ने र समय खेर जाने भएकाले यातायात कार्यालय लम्कीमै स्थापना हनुपर्नेमा जोड दिए।

प्रदर्शनकारीहरुले कार्यालय मागको लागि धनगढी आउने योजना रहेको बताए। आफ्ना माग राख्दै प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई ज्ञापनपत्र समेत दिने संर्घष समितिका संयोजक यज्ञ बुढाले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments