Incident Reports

आंशिक प्राध्यापकले लगाए धवलागिरि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

2020-08-09

बागलुङ — आंशिक प्राध्यापकहरूले धवलागिरि बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरूले आइतबार बिहान क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायलाई बाहिर निकालेर ताला कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै आएको छ । माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको संघ अध्यक्ष विष्णुप्रसाद चापागाईले बताए । झन्डै चार वर्षअघि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई करार नियुक्ति दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आन्दोलित भएका हुन् । धौलागिरि बहुमुखी क्याम्पसमा मात्रै ३९ जना आंशिक प्राध्यापक छन् । ‘साथीहरूले कक्षा नलिए पढाइ नै प्रभावित हुन्छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘आवश्यकताका आधारमा करार गर्ने प्रतिबद्धताकै कारण क्याम्पसले पनि स्वायत्ततामा जाने निर्णय लिइसकेको छ ।’ यसअघि पटकपटक धर्ना बसेका आंशिक प्राध्यापकको माग सम्बोधन गर्न त्रिविले अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले दिएको प्रतिवेदनउपर छलफल गरी कार्यकारी सभामा एजेन्डा लैजान अर्को समिति गठन भएको छ । नयाँ नियुक्ति भएका त्रिवि पदाधिकारीले आफूहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने आंशिक प्राध्यापकहरूले बताएका छन् । फागुनदेखि पारिश्रमिक समेत नपाएको उनीहरूको गुनासो छ । माग पूरा नभए दुई दिनपछि क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघका सचिव सरोजराज पन्तले बताए । आइतबारै संघका केन्द्रीय अध्यक्ष महेशकुमार गजुरेल र सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले विज्ञप्ति प्रकाशित गरी माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् । प्रकाशित : श्रावण २५, २०७७ १२:३२

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis