Incident Reports

धादिङमा बालुवा मजदुरहरुद्वारा स्थानीय प्रशासन घेराउ

2020-08-09

Bagmati, Dhading, Nilakantha

धादिङ — त्रिशूली नदीमा बालुवा उत्खनन् गर्न पाउनुपर्ने भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । मजदुरहरुले आइतबार अपराह्‍न जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन् । जिल्ला सुरक्षा समितिले त्रिशूलीको बाढीमा बालुवा झिक्ने क्रममा मानवीय क्षति हुने भन्दै साउन १६ गतेदेखि बन्द गरेको थियो । 

 त्रिशूली नदी किनारका गल्छी, गजुरी गाउँपालिकाबाट एक दर्जन टिपर चढेर आएका मजदुरहरुले स्थानीय प्रशासन घेराउ गरेका थिए । मजदुरहरुको अगुवाई गर्दै आएका गणेशलाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र दिँदै चाडबाड आइरहेको बेला बालुवा झिक्‍न प्रतिबन्ध लगाइनु उचित नहुने बताए । उनले असारदेखि लगातार ३ महिना झिकेको बालुवाले नै वर्षभरि मजदुरहरुले गुजारा1 टार्नु पर्ने अवस्था रहेको उनले बताए । मजदुरहरुले कोल्फुखोला, जिन्टेटार, छोटेवगर, रुम्टाटार, पाँच सय टार, स्यालटार, मलेखु लगायतका स्थानबाट बालुवा झिकेर प्रतिटिपर ५ हजार ५ सय रुपैयाँ बेच्‍ने गरेका छन् । प्रजिअ तामाङले सरकारले २०७१ भदौदेखि नै मानवीय सुरक्षाकै लागि वर्षात्‌मा नदी पस्न मनाही गरिएको स्मरण गराए । मजदुरहरुको सुरक्षा सामग्री, जीवन बीमा लगायतका व्यवस्था नगरिएकोले पनि बर्खायाममा बालुवा निकाल्‍न बन्द गरिएको प्रजिअ तामाङले बताए । प्रकाशित : श्रावण २५, २०७७ १६:००


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments