Incident Reports

विराटनगर महानगरपालिकाका सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

2020-08-24

Province 1, Morang, Biratnagar

विराटनगर, ९ भदौ । विराटनगर महानगरपालिकाभित्रका सफाई कर्मचारीहरुले विगत दुई दिनदेखि फोहोर उठाएका छैनन् ।

सफाई कर्मचरीहरुले कोरोना महामारीका समयमा विराटनगर महानगरपालिका र वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालद्धारा संयुक्त रुपमा सञ्चालित फोहोरमैला व्यवस्थापन परियोजनाले सफाई कर्मचारीलाई कामबाट निकालेको भन्दै विरोध जनाएका छन् ।


उनीहरुले लकडाउनको समयमा अन्य काम नपाउने र वर्षौंदेखि गर्दै आएको सफाई कामबाट निकालेको आरोप लगाएका छन् । महानगरपालिका भित्र १ सय ७० जना सफाईर्मीहरु रहेका छन् ।

उनीहरुले आप्mनो रोजीरोटी खोसिएको भन्दै आन्दोलन गरिरहेका हुन् । उनीहरुले आधा कर्मचारीलाई काममा बोलाउने र आधा कर्मचारीलाई विदा दिने परियोजनाको निर्णयप्रति विरोध गरेका हुन् ।


मरिक टोल संगठनका अध्यक्ष सिकन्दर मरिकले फोहोर व्यवस्थापन परियोजनाले सफाई कर्मचरीको स्वास्थ्य बीमासमेत नगरेको र यस्तो कोरोना महामारीको समयमा सफाई कर्मचारीहरुलाई कामबाट विदा दिएको आरोप लगाएका छन् ।

तर, यता साझोदार संस्था फोहोमैला वयवस्थापन परियोजना विराटनगरका प्रमुख देवी आचार्यले भने लकडाउनका कारण होटल, बजार स्कुल सवै व्यवसाय बन्द भएका कारण कर्मचारीलाई तलव खुवाउन नसक्ने बताएको छ ।


साथै, कर्मचारीलाई एक दिन विराएर काममा आउन भनेको जानकारी दिएकी छन् । उनले लकडाउनका कारण सेवाग्राहीबाट सेवा शूल्क बापत विगत ५ महिनादेखि मासिक १० लाख घाटा व्यहोर्दै आएको हुनाले कर्मचारीहरुलाई सेवासुविधा दिन समस्या भएको बताइन् ।

महानगरपालिकासँग २०७३ वैशाखदेखि सम्झौता बमोजिम उक्त ग्रुपले विराटनगरको फोहोर व्यवस्थापन गर्दै आएको छ । सबै कर्मचरीलाई दैनिक काम दिनुपर्ने माग पूरा नभएसम्म फोहोर नउठाउने उनीहरुले बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis