Incident Reports

बजारबाट घर फर्किँदै गरेको किशोरी बलात्कृत

2020-08-25

Province 1, Jhapa, Arjundhara

झापाको उत्तरी नगरपालिका अर्जुनधारामा मंगलबार साँझ एक किशोरी बलात्कृत भएकी छन्।

शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित बिरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ।

अर्जुनधारा-१ र ४ मा पर्ने मदनपुरस्थित बिरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ।

अर्जुनधारा-३ स्थित शिविर घर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले दुई जनालाई पक्राउ गरेको छ। गस्तीमा रहेको टोलीले अर्जुनधारा-७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो।

उनीहरू स्काभेटर चालक रहेको प्रहरीले जनाएको छ। टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो।

किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किंदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार किशोरीको स्वास्थ्य परीक्षण भइरहेको छ।

यसअघि उनको अर्जुनधाराकै शंकर हस्पिटलमा प्राथमिक उपचार गरिएको थियो। पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विर्तामोड राखिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments