Incident Reports

व्यापारी कुटेको भन्दै प्रहरी प्रशासन विरुद्ध उत्रे जनकपुरका व्यापारी

2020-08-28

Madhes, Dhanusha, Janakpur

न्यूज ब्यूरो, जनकपुरधाम । पसल खोलेको भन्दै एक व्यापारीलाई आज विहान जनकपुरमा प्रहरीले कुटपिट गरेपछि त्यसको विरोध गरिएको छ ।

जनकपुर उद्योग वाणिज्य सँघका केही पदाधिकारी सहित जनकपुरका व्यापारीहरुले पसले कुटपिटको विरोधमा मोटरसाईकल रयाली निकालेका छन् । उनीहरुले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्दै प्रहरीको ज्यादती विरुद्ध आन्दोलित भएका छन् ।

विहान करिब १० बजेको समयमा एक व्यावसायीलाई प्रहरीले पसल खोलेकै निहुँमा कठालो समातेर कुटपिट गरेको भन्दै अन्य व्यापारीहरुले त्यसको विरोध गर्दै प्रहरी विरुद्ध नारावाजी गरेको छ ।

दर्जनौको सँख्यामा व्यापारीहरुले मोटरसाईकल जुलुस निकालेको छ । जनकपुरको जनकचोकबाट निकालिएको मोटरसाईकल जुलुस जनकपुरको विभिन्न चोकमा प्रदर्शन गरेको छ । उनीहरुले गणेश अप्टिकल्सका सँचालकका छोरालाई प्रहरीले कुटपिट गरेपछि जुलुस निकालिएको हो ।

निरन्तर निषेधाज्ञाका कारण व्यावासाय चौपट्ट भएको तथा घरभाडा तिर्न समेत धौधौ परेको भन्दै केही बेरको लागि जनकपुरको हनुमान स्टुडियो खोलेका थिए । प्रहरीले बन्द गर्न भनेपनि बन्द नगरेपछि विवाद उत्पन्न भएको थियो ।

सो क्रममा जनकपुर उद्योग वाणिज्य सँघका अध्यक्ष ललित साह र महासचिव जीतेन्द्र महासेठले उनलाई छुटाउन जिप्रका धनुषा पुगेका थिए । उनलाई छाडेपछि व्यापारीहरु मोटरसाईकल जुलुस निकालेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments