Incident Reports

प्रदेश राजधानी सार्ने प्रस्तावको विरोध

2020-10-05

Lumbini, Palpa, Tansen

छिमेकी जिल्ला रूपन्देहीको बुटवलमा अस्थायी राजधानी तोकिएकोमा एकाएक प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी अयन्त्र लैजान खोजेको भन्दै पाल्पामा विरोध गरिएको छ ।

प्रदेश सरकारले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा लगेपछि नेपाली कांग्रेस पाल्पाले सोमबार जिल्ला सदरमुकाम तानसेनमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेस जिल्ला पार्टी कार्यालय सिल्खानबाट शुरु भएको विरोध ¥याली आन्दोलन चोक, भीमसेन टोल, नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत प्रतिपक्ष दलसँग छलफल नै नगरी जनभावना विपरी प्रस्ताव ल्याउनु गलत भएको बताउनुभयो ।

उहाँले विगतको सरकारले टुङ्गो लगाइसकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले जनतालाई रूपन्देहीमा राजधानी राख्ने भन्ने झुटो आश्वासन दिएर अहिले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता लिनुपर्दछ भन्नुभयो । उहाँले यदि त्यसो नभएमा थप आन्दोलनका कार्यक्रमहरू गरिने बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव झपेन्द्र गैरेले नेकपाका केही नेताहरूले मन्त्री खाने नाममा प्रदेश राजधानी सार्ने चलखेल गरेको बताउँदै हिजो नेकपाका नेताहरूले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याउनु गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले जुनसुकै हालतमा प्रदेश राजधानी सार्ने विषय उचित नभएको भन्दै त्यसको विरोधमा आमनागरिक उठ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका नेता, भ्रातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । राजधानीकै विषयलाई लिएर पूर्वी पाल्पाको रामपुरमा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments