Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-10-12

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 1

१९, २३ र २४ बर्षीया युबतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला तिलोत्तमा नपा– ८ का ४१ वर्षीय केशौराज न्यौपानेलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

तीन जना युवतीलाई भारत तर्फ लैजाँदै गर्दा माइती नेपालको सहयोगमा पाल्हीनन्दन गाँउपालिका– १ स्थित नेपाल भारत सिमा गिरफ्तार गरी युवतीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।

पीडित पक्षले आरोपित विरुद्ध असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनीहरूलाई असोज २३ गते आफन्तको जिम्मा लगाएको प्रहरीले जनायो ।

नारायण पराजुली

0 Comments