Incident Reports

१६ वर्षीया बालिकालाई सामूहिक यौन दुर्व्यवहार, घटनाका आरोपित फरार !

2020-11-16

Madhes, Saptari, Shambhunath, Ward 12

१६ वर्षीया बालिकालाई शम्भुनाथ नगरपालिका–१२ घर भई बोदे बर्साइन नपा–५ स्थित बजारमा सुनचाँदीको पसलमा मजदुरी गर्ने ३० वर्षीय मनोज विश्वकर्मासहित तीन जनाले मङ्सिर १ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडितका दाजुले इन्सेक सप्तरी प्रतिनिधिलाई जानकारी गराएका छन् ।

धान खेत गएका बुबाको प्रतिक्षामा आगो तापेर घर अगाडि बसेकी पीडित बालिका शौचालय गएको मौका छोपी आरोपितहरूले घिच्याउँदै फूलबारी लगेको र यौन दुर्व्यवहार गरेको पीडितले बताइन् ।

पीडित बालिका डरले काँप्न थालेपछि आरोपितहरू फरार भएको तथा परिवारका सदस्य र गाउँलेहरूले खोजी गरी बेहोस अवस्थामा बालिकालाई भेट्टाएपछि मङ्सिर १ गते राति उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको गैर सरकारी संस्था महासङ्घ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले इन्सेक प्रतिनिधिलाई फोन गरी जानकारी दिनुभयो ।

पीडित बालिकाको उपचार राजविराजस्थित अस्पतालमा भइरहेको छ । घटनास्थलबाट आरोपितहरूको मोटरसाइकल, पीडितको सल र कपाल च्याप्ने चिम्टी फेला परेको तथा आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित अस्पतालमा मङ्सिर २ गते भएको छ । पीडित बालिकाको परिवारले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने र सो बारे कानुन व्यवसायीहरूसँग सरसल्लाह भइरहेको जनाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments