Incident Reports

मजदुर आन्दोलित भएपछि निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम अवरुद्ध

2020-12-07

Province 1, Sankhuwasabha, Makalu, Ward 5

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ज्याला बढाउन माग गर्दै मजदुरहरू आन्दोलित भएका छन् ।

सोमबार बिहानैदेखि निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइट मकालु गाउँपालिका˜– ५ फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको छ । 

उक्त अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका ड्यामसाइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले जिम्मा लिएर गरिरहेको छ । 

लामो समयदेखि मजदुरहरूको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरूलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै कामदारहरूले काम अवरुद्ध पारेका हुन् । 

यसअघि पनि मजदुरहरूले ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । तर, नौ महिना बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरहरूलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुरहरूको भनाइ छ । 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अरुण तेस्रोको ड्यामसाइटमा कार्यरत मजदुरहरूले ज्याला बढाउनुपर्ने माग गरेको भन्ने खबर आएको बताए । उनले दुवै पक्षबीच छलफल भइरहेको र कामचाहिँ अवरुद्ध नभएको बताए ।

बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । गएको कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै अरुण तेस्रोबाट सन्तुष्ट रहेको बताएका थिए ।

मकालु–५ फ्याक्सिन्दा दोभानदेखि ११ किलाेमिटर सुरुङ खनेर चिचिला गाउँपालिका– २ को पुखुवामा पावरहाउस रहनेछ । पावरहाउस भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ । 

अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis