Incident Reports

धौलागिरि अस्पतालका चिकित्सक आन्दोलित

2021-01-13

Gandaki, Baglung, Baglung

धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।     

सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेको भन्दै दबाबस्वरुप अन्दोलनमा जानुपरेको डा. गणेश चालिसेले बताए । चिकित्सकले आज अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागको सुनुवाइका लागि दबाब दिएका छन् ।   

सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने चिकित्सकको माग रहेको छ । हप्तामा पाँच दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिरामी जाँच गरे आफूहरुको काम पूरा हुने भए पनि अस्पताल प्रशासनले २४ घण्टा काममा लगाउने गरेको उनको भनाइ छ । 

‘हामीलाई तोकिएको काम गर्छौं तर यहाँ २४ घण्टा काम गर्नुपर्छ, आराम गर्ने समयसमेत चिकित्सकले पाउँदैनन्,’, अस्पतालको नाक कान घाँटी रोग विभागमा कार्यरत डा. गणेश चालिसेले भने । 

अस्पतालमा अहिले १५ जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसर छन् । उनीहरुले चिकित्सकका मागको सुनुवाइका लागि भन्दै एक दिन अस्पताल प्रशासन धर्ना कार्यक्रम गरेका हुन् ।     चिकित्सक आन्दोलित भएपछि बिरामी भने मर्कामा परेका छन् ।     

     

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis