Incident Reports

वडा कार्यालय सारिएकोमा विरोध प्रदर्शन

2021-01-25

Madhes, Parsa, Birgunj, Ward 25

प्रस, परवानीपुर, १२ माघ/वीरगंज–२५ श्रीसियाको वडा कार्यालय सारिएको विरुद्धमा वडावासीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।ड्राइपोर्टस्थित वडा कार्यालयलाई हाल श्रीसिया खाल्वा टोलामा वडाअध्यक्ष बिसराजराउत कुर्मीले सारेको विरुद्धमा श्रीसियाका बासिन्दाले सोमवार बिहान १० बजे पुरानो वडा कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए।

पुरानो वडा कार्यालय ६२ बिघा जग्गा अधिग्रहण हुने क्षेत्रमा पर्ने भएकोले कार्यालय सारिएको वडाध्यक्ष कुर्मीले बताए। श्रीसिया आदर्शचोकका बासिन्दा भैयाराम पटेल, अशोक चौधरी, भिखर राउत कुर्मीलगायतको टोलीले वडा कार्यालयअगाडि प्रदर्शन गर्दै कार्यालयबाट सामान लगिरहेको एउटा ट्याक्टरलाई गाउँलेहरूले रोकेर राखेको बताएको छ। वडाध्यक्षको आदेशमा हिजो रातिदेखि नै सबै फर्निचर तथा सामान नयाँ कार्यालयमा लगिएको छ। यस विषयमा वडाध्यक्ष कुर्मीले माथिल्लो निकायबाट पुरानो कार्यालय हटाउने निर्देशन आएकोले आफूले कार्यालय सारेको बताए।

यता, वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सरकारी भवनमा सञ्चालित वडा कार्यालय हाल अन्त सार्ने विषयमा आफूलाई जानकारी नआएको बताएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments