Incident Reports

धादिङ डोजर काण्ड : स्थानीयद्वारा गाउँपालिका कार्यलयमा तालाबन्दी

2021-03-03

Bagmati, Dhading, Tripura Sundari

 धादिङको सल्यानटारस्थित त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यलयमा स्थानीयले तालाबन्दी गरिदिएका छन्। डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएपछिको उत्पन्न परिस्थितिका कारण कार्यलयको मुल गेटमै तालाबन्दी गरि स्थानीयहरु इलाका प्रहरी कार्यलय अघि धर्नामा बसेका छन्।

गत सोमबार गाउँपालिका नजिकै डोजरको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएपछिको उत्पन्न परिस्थितिमा गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थानीयबासीलाई सहयोग नगरेको, क्षतिपुर्ति र न्यायको कुरामा साथ नदिएको भन्दै आन्दोलनरत स्थानीयको भीडले गाउँ कार्यपालिकाको कार्यलयमा तालाबन्दी गरिदिएको हो।

प्रहरी कार्यलय र गाउँपालिका कार्यलय नजिकै रहेकाले गाउँपालिका कार्यलयमा तालाबन्दी गरी स्थानीयहरु प्रहरी कार्यलयमा धर्नामा बसेका हुन्।
त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजार नजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परेकी थिइन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्।

घटनापछि डोजर चालक फरार रहेको कारण प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ। स्थानीयले चालकलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन र घटनाको सत्यतथ्य जानकारी दिन माग गर्दै शवलाई घटनास्थलबाट उठाउन समेत दिएका थिएनन्।

बुधबार बिहानसम्म डोजर अपरेटर पक्राउ गरी कारवाही र क्षतिपुर्तिको प्रक्रिया अघि बढाउने जनप्रतिनिधि र प्रशासनको आश्वासनपछि स्थानीयले घटना मुचुल्का गरी शव उठाउन दिएका थिए।

स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। पीडित परिवारलाई रोजगारी र क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरूले राखेका छन्।

हालसम्म चालक र साहु कोही पनि सम्पर्कमा नआएपछि बाध्य भएर गाउँपालिकामै तालबन्दी गर्नु परेको आन्दोलनरत मृतक सरस्वतीकी छोरा सन्तबहादुर कुमालले बताए। डोजरको चालक पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएका छन्।

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले भने चालकको खोजी कार्य तीव्र गतिमा भइरहेको बताएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments