Incident Reports

बलात्कारको आरोपमा पर्साका २२ वर्षीय युवक पक्राउ

2021-03-14

Madhes, Parsa, Birgunj, Ward 31

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बलात्कार गर्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा रहेका छन् ।अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।

अनिलविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments