Incident Reports

उद्योगमा ताल्चा खोल्ने क्रममा स्थानीय र प्रहरीबिच घम्साघम्सी

2021-03-15

Madhes, Bara, Jitpur Simara, Ward 2

बाराको सिमरामा स्थानीय र प्रहरीबीच जगदम्बा स्टिल उद्योगको ताल्चा खोल्न घम्साघम्सी भएको छ । स्थानीय वडाले फागुन ११ गते उद्योगमा ताला लगाएपनि प्रहरी प्रशासनले सोमवार खोलेको हो । ताला तोडेपछि उद्योगमा घेराबन्दी गर्दै झडप समेत भएको छ । ठुलो ठुलो आवाजमा मेशिन सञ्चालन भएपछि घरहरु सबै चर्किएर भत्किएपनि स्थानीयको मागलाई उद्योगले अटेर गर्दै आएको स्थानीय सोहन शर्माले बताउछन ।

जगदम्बा स्टिल प्रालिको नयाँ ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएसगै स्थानीयको बिरोधमा जीतपुरसिमरा वडा नम्बर २ ले उद्योगको गेटमा लगाएको ताला जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले तोडेको हो । सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनि बनाएको संरचनामा जगदम्बा स्टिल प्रालिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गरेका कारण घरहरु चर्किए पनि जगदम्बाले अहिलेसम्म क्षतिपुर्ति नदिनुको साथै स्थानीय वडाको निर्देशन समेत पालना गरेको छैन ।

जगदम्बा उद्योगले स्थानीय तहको सहमती बेगर पटक पटक प्लान्ट बिस्तार गर्दै आएको स्थानीयहरुले जनाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक श्रेष्ठले पनि पाकिङ्ग र गोदाम घर भनि मौखिक सहमती लिएर उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेर सञ्चालन गरेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments