Incident Reports

जातीय विभेदको जड दण्डहीनता भएको भन्दै काठमाडौंमा प्रदर्शन

2021-03-21

Bagmati, Kathmandu, Kathmandu, Ward 6

८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंको बौद्धमा प्रदर्शन गरेको छ ।

जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप प्रदर्शन गरेको शान्ति समाज काठमाडौं शाखाले जनाएको छ । दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौं, मानव अधिकार रक्षा गरौं लगायतका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रदेश सभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल लगायत सहभागी थिए ।

यसैगरी जातीय विभेद उन्मूलन दिवसकै सन्दर्भमा आइतबार मानव अधिकार तथा शान्ति समाजले काठमाडौं उपत्यका बाहिरका विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरेको छ ।

सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments