2021-03-24
Gandaki, Nawalparasi East, Kawasoti
११ चैत, बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् ।
नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले चिनिया ठेकेदार पक्ष र मजदुरबीच हात हालाहाल हुँदा ६ जना घाइते भएका र उनीहरुलाई अस्पताल पुर्याइएको बताए । घाइतेको अवस्था सामान्य रहेको मल्लले बताए ।
माटो र डिजल चोरीको अभियोगमा आयोजनामा काम गर्ने १३ जना नेपालीको तबल रोक्का गरेर छानबिन थालेको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताए । यसै विषयमा छलफलका क्रममा झडप भएको हो, नेपाली मजदुरले भने चोरी नगरेको दावी गरेको छ ।
चोरीको अभियोगमाथि प्रहरीले अनुसन्धान गरिरहेको एसपी मल्लले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | None |
Primary Cause | Labor disputes, not including civil servants |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Private company |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 13 |
Actor 2 - Affiliation (Target) | Private company |
Actor 2 - Youth | na |
Total Injured | 6 |