Incident Reports

पूर्वराजाको चियाबगानका मजदुर आन्दोलित

2021-05-05

Province 1, Jhapa, Damak

झापा, वैशाख २३ : 

पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा श्रमिक फेरि आल्दोलित भएका छन्। समयमा ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै  झापाको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानका श्रमिकहरु बुधबारदेखि  आन्दोलित भएका हुन् । पूर्वराजाको स्वामित्वमा रहेको यो बगान सोल्टी ग्रुपले व्यवस्थापन गर्दै आएको छ। आन्दोलनरत मजदुरले गत आइतबारदेखि नै काम छाडेका छन्। 

सन् २०१९ बाट भने सोल्टीले मनोज अग्रवाल नाम गरेका एक भारतीय व्यवसायीलाई बगान लिजमा सञ्चालन गर्न दिएको छ।बगानमा लामो समय काम गरेर निवृत्त भएकाको उपदानबापतको पाँच लाख ३६ हजार बढी रकम उपलब्ध गराउन मजदुरहरूले माग गरेका छन्। मान्छेको मृत्यु भइसक्दा पनि उपदानबापतको रकम नपाएको उनीहरु बताउँछन् ।  

सरकारले श्रमिकको ज्याला बढाएको २०७५ साउन १ देखि बढाए पनि हिमालय–महालक्ष्मी चियाबगानका मजदुरले भने बढेको ०७५ साउनदेखि चैतसम्मको बढेको ज्याला मजदुरहरूले अझै पाएका छैनन्। यसअघि बढेको ज्याला पाउनुपर्ने माग गर्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि बगान सञ्चालकले  सो अवधिको ज्याला उपलब्ध गराउने  प्रतिबद्धता जनाए पनि सो प्रतिबद्धता अहिलेसम्म पुरा भएको छैन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis