Incident Reports

पर्वतमा आजदेखि निषेधाज्ञा

2021-05-11

काठमाडौं–

कोरोना संक्रमित बढ्दै गएपछि पर्वतमा जिल्लाभर निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले मंगलवार रातिदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ।

जिल्लाभर जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लागूहुने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ। हो। यसअघि वैशाख १८ देखि कुश्मा नगरपालिकामा मात्रै निषेधाज्ञा लागू भएको थियो।

निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको छ। यस्तै मठमन्दिर तथा धार्मिक स्थल बन्द रहनेछन् भने विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइनेछ। 

अत्यावश्यक सेवा बाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारीमार्फत मात्रै सेवा प्रवाह गर्ने, सार्जजनिक तथा निजी सवारीसाधन चलाउने रोक लगाउने, विकास निर्माणका कामका लागि कार्यास्थलमै मजदूरलाई खाने, बस्ने व्यवस्था गर्नुपर्ने बताइएको छ। 

लघुवित्त, सहकारी तथा बीमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन् । यस्तै औषधि तथा स्वास्थ्यका सामग्री किनबेच हुने पसल २४ घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शववाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दूध, दही, पानी, पेट्रोल आदि बोकेका सवारीसाधन सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments