Incident Reports

जनतालाई घरभित्र थुनेर उद्योगीलाई सुटुक्क खो‍प! स्थानीयवासीद्वारा विरोध

2021-05-28

Province 1, Morang, Biratnagar

विराटनगर :

प्रदेश १ सरकारले विराटनगरका उद्योगीलाई सुटुक्क कोरोनाविरुद्ध कोभिसिल्डको दोस्रो डोज दिन लाग्दा स्थानीयवासीले अवरोध पुर्‍याएका छन्।सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको कोभिसिल्डको दोस्रो डोजका लागि उद्योगी व्यावसायी विराटनगर तीनपैनी चोकमा रहेको सिटी सिनेमामा सुटुक्क खोप लगाइरहेको जानकारी पाएपछि स्थानीयले अवरोध गर्दा भागाभाग भएको थियो।

शुक्रबार दिउँसो स्थानीयले अवरोध गर्न खोज्दा खोप लगाउन गएका स्वास्थ्यकर्मी र उद्योगीलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको थियो। स्थानीयले अवरोध गरेपश्चात् प्रहरी पुगेका थिए।

जनता मरिरहेको अवस्थामा पहुँचवालालाई सुटुक्क खोप खोजेपछि अवरोध गरेको अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीले बताए। 'प्रदेश सरकारले लुकाएर पहुँचवालालाई खोप दिन खोजेपछि हामीले अवरोध गर्यौ,’ उनले भने।

सर्वसाधारण मरिरहँदा सरकारले खोपको व्यापार गरेको छ। ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनरलाई खोप लगाएको भए हामी स्वागत गर्थ्याैं,’ उनले थपे‘ चुनाव घोषणा गर्दै उद्योगीलाई मात्रै खोप दिएकाले अवरोध गर्यौ।’

पहुँचवालालाई खोप दिएको सूचना पाएपछि सर्वसाधारणलाई माग गर्दै सिटी सिनेमामा घेराउ गरेको परिवर्तनका लागि हातेमालो संस्थाका अध्यक्ष विनोद चहालले बताए।

‘पहुँच वालालाई मात्रै खोप दिइयो, फ्रन्टलाइनर र गरिबले पाएका छैनन्, ’उनले भने,‘ सरकार पहुँचवालाहरुको मात्र होइन्।’ उनले पहुँचवाला र धनीलाई खोप बेचिएको आरोप लगाए।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार शुक्रबार मुख्यमन्त्री निवासमा उद्योगीलाई खोप लगाउने योजना थियो। तर पछि उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले सिनेमा हल उपलब्ध गराएको श्रोताले जनाएको छ। सिटी सिनेमाको सञ्चालकमध्ये एक प्याकुरेलले खोप लगाएको विषयमा आफूलाई जानकारी नभएको बताउँछन्।

‘सिटी सिनेमामा भीडभाड थियो भन्ने जानकारी मलाई पनि आयो तर म घरबाट बाहिर निस्किएको छैन,’ उनले भने, ‘उद्योगी व्यावसायीलाई खोप लगाइएको बारे मलाई जानकारी भएन।’ प्याकुरेलले जानकारी नभएको बताए पनि उद्योग संगठनका सदस्यलाई एक्लै आउनु भन्दै उनले नै सूचना पठाएका थिए। प्याकुरेलको सूचनाका आधारमा कोभिसिल्डको पहिलो डोज लगाएका विराटनगरका उद्योगी सिटी सिनेमा हलमा भेला भएका थिए।

के भन्छ मोरङ प्रहरी ?

होहल्ला भएपछि मात्रै खोप लगाइएको बारे प्रहरीलाई जानकारी भएको मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्का बताउँछन्।

‘हामीलाई पनि खोपबारे जानकारी थिएन, सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुग्यो,’ उनले भने,‘ खोप माग्ने सर्वसाधारणलाई सम्झाइबुझाई पठायौं।

जनता घरमा थुनेर गुटलाई खोप

जनतालाई घरमा थुनेर प्रदेश सरकारले एमालेको ओली गुटलाई मात्रै कोरोनाको खोप लगाएको नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्की बताउँछन्।

‘जनतालाई घरबाट ननिस्कनू भन्छ सरकार, एमालेको ओली गुटकालाई कार्यालयमा बोलाई बोलाई कोरोनाको खोप लगाए,’ उनले भने, ‘यो सरकार जनताप्रति उत्तरदायी छैन। भ्रष्टाचारमा लिप्त भएको प्रमाण पनि हो यो।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Program Interference/Obstruction
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments