Incident Reports

हुलास वायरका मजदुर आन्दोलित

2021-07-06

Province 1, Morang, Budhiganga

२३ असार, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन् । उद्योगले ९३ जना मजदुर निकालेपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

उद्योगले नियुक्ति पत्र नदिएको भन्दै मंगलबार श्रम कार्यालय विराटनगरमा उजुरी दिन पुगेका मध्ये ९३ जना मजदुरलाई बुधबारबाट काममा आउन रोकेपछि उनीहरु आन्दोलित भएका हुन् ।उद्योगले २०७७ असार २१ गते न्यूनतम पारिश्रमिक र नियुक्ती पत्र दिने सहमति गरेको भए पनि सो कार्यान्वयन नभएपछि श्रम कार्यालयमा उजुरी दिएको नेपाल ट्रेड युनियन कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए । उक्त उजुरी पश्चात एक्कासी उद्योगले बुधबारबाट काममा आउन राेकेको उनको भनाइ छ । तीनदेखि १४ वर्षसम्म काम गरिरहेका कामदारलाई उद्योगले निकालेको उनको भनाइ छ ।

मजदुरले प्रदर्शन गरेपछि उद्योगको उत्पादन ठप्प भएको छ । हटाइएका मजदुरलाई पुनर्वहालीको माग राखेर उद्योगको गेट अगाडि धर्ना दिने काम भइरहेको उनले बताए ।

उद्योगका महाप्रबन्धक मुकेश कोठारीले भने कामदार निकालिएको विषयमा आफूलाई जानकारी नभएको बताए । काम विषेशले आफू काठमाडौंमा रहेको बताउँदै उनले कामदार निकालिएको विषयमा जानकारी नभएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 93
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis