Incident Reports

हिलो सडकमा कोदो रोपेर विरोध, कालोपत्र गर्न माग :: Setopati

2021-07-29

Gandaki, Gorkha, Gorkha, Ward 4

गोरखामा सडक हिलो भएर यात्रुले दु:ख पाएपछि जनप्रतिनिधि नै विरोधमा उत्रेका छन्। उनीहरूले हिलो सडकमा कोदो रोपेर विरोध गरेका हुन्।

गोरखा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारीसहित यातायात व्यवसायीहरू र स्थानीय बासिन्दा सडक मर्मत गर्न माग गर्दै विरोधमा उत्रेका छन्।

गोरखा बजारबाट आरूघाट जाने मुख्य सडकको ढुंगागाडे खण्ड हिलो हुँदा यात्रुबहाक बस फस्ने गरेको छ। मोटरसाइकलसमेत यो सडकखण्डमा फस्ने गर्छ।

सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले लापरवाही गरेको र समयमै काम नगर्दा सडक अलपत्र छ। सडक मर्मतको माग गर्दै स्थानीयले बिहीबार बिहान गोरखा-आरूघाट सडक अवरूद्ध गरेका छन्।

यो सडक कालोपत्र गर्न उनीहरूको माग छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Transport entrepreneurs/syndicate , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments