Incident Reports

पत्रकार महासंघ एसोसिएट उपत्यकाका उपाध्यक्ष थापाद्वारा वडाध्यक्षमाथि कुटपिटकाे प्रयास - Kantipath.com

2021-08-01

Bagmati, Kathmandu, Chandragiri, Ward 7

चन्द्रागिरी नगरपालिका–७ का वडाध्यक्ष शम्भु केसीमाथि कुटपिटको प्रयास भएको छ।आइतबार खोप लगाइरहेको ठाउँमा पुगेर सोही नगरपालिकाका श्रीहरी थापाले कुटपिटको प्रयास गर्न खोजेको आरोप लागेको छ ।थापा पत्रकार महासंघ एसोसिएट उपत्यकाका उपाध्यक्ष समेत हुन् ।

श्रीहरी नेकपा एमालेबाट गत स्थानीय तहको चुनावमा सोही वडाको वडाध्यक्षमा उठेका थिए। तर, चुनावमा केसीसँग हारे। त्यसपछि श्रीहरी वडाध्यक्ष केसीसँग असन्तुष्टि थिए।खोप लगाइरहेको स्वास्थ केन्द्रमा बादविवाद भएकोे प्रहरीले जनाएको छ।खोप केन्द्रमा रहेको औषधिहरु समेत फ्याँकिदिएको बताइएको छ।हाल उनलाई महानगरीय प्रहरी वृत्त थानकोटले बलम्वु पठाएको छ । उनीसँग प्रहरीले थप सोधपुछ गरिरहेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments