Incident Reports

वैकल्पिक विधिको परीक्षा माग गर्दै तालाबन्दी – Online Khabar

2021-08-11

Bagmati, Kathmandu, Kirtipur

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट गर्नुपर्ने माग गर्दै आएको सीएसआईटी एसोसिएसन अफ नेपालले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. विनिल अर्यालको कार्यकक्षमा तालाबन्दी गरेको छ ।बीएस्सी सीएसआईटी अध्ययनरत विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने, कोरोना संक्रमणका कारण गम्भीर अवस्थाका विद्यार्थीलाई अर्को परीक्षा मिति तोकिनुपर्ने माग राखेको महासचिव आशिष गिरीले बताए ।

डिन कार्यलयले छैठौं सेमेष्टरको साउन ३१ बाट, दोस्रो सेमेष्टरको भदौ १६ गतेबाट र चौथो सेमेष्टरको भदौ ३१ बाट हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र स्नातक तहका विद्यार्थीले भौतिक उपस्थितिमा हुने परीक्षा स्थगित गर्न माग गर्दै बुधबार त्रिविको घडीघर अगाडि प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै त्रिविले भौतिक उपस्थितिमा हुने परीक्षा स्थगित गरी वैकल्पिक रुपमा परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले बुधबार विश्वविद्यालय स्तरको विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोप दिने निर्णय गरेको छ ।तर सरकारको यो निर्णय मिडियाबाजीका लागि मात्र गरिएको भन्दै विद्यार्थीहरु असन्तुष्टि जनाएका छन् ।सीएसआईटी एसोसिएसन अफ नेपालका महासचिव आशिष गिरीले आन्दोलित विद्यार्थीलाई अलमल्याउन गरेको निर्णय भएको बताउँछन् ।अहिले त्रिवि परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यलयले विभिन्न विषयको स्नातक तथा स्नात्तकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments