Incident Reports

स्वास्थ्य शाखा प्रमुखबाटै सहकर्मीमाथि हातपात - Khabar Break

2021-09-17

Lumbini, Banke, Kohalpur

बाँके कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीमाथि कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ । कार्यालय समयमा कार्यकक्षमै स्वास्थ्य प्रमुख ठकुरीले स्वास्थ्य शाखामै कार्यरत् सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि शुक्रबार हातपात गरेको आरोप लागेको हो । कोरोनाभाइरसको औषधि खरिद गर्ने विषयमा उठाइएको टिप्पणीमा खनालले खरिद गर्ने औषधिको लिष्ट माग्दा शाखा प्रमुख ठकुरीले हातपात गरेका हुन् । हातपातबाट खनालको अनुहारसहित शरीरमा चोटपटक लागेको छ । पीडित खनालले आफुमाथि कार्यकक्षमा नै भएको हातपातको विषयलाई लिएर कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसी र ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन् । यता आफूले हातपात नगरेको आरोपी स्वास्थ्य शाखा प्रमुख ठकुरी दाबी गर्छन् । खनालले टिप्पणी उठाएको कागज च्यातिएपछि सामान्य भनाभन मात्र भएको ठकुरीको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments