Incident Reports

पारिश्रमिक नपाएपछि वडामा ताला- प्रदेश २ - कान्तिपुर समाचार

2021-09-23

Madhes, Siraha, Naraha, Ward 1

सिरहा — सिरहाको नरहा गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा बुधबार श्रमिकले तालाबन्दी गरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गरेको कामको भुक्तानी नदिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । काम गरेको ५ महिना बितिसके पनि ४३ जना कामदारले पारिश्रमिक नपाएको जनाएका छन् । उनीहरूले गत वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेका थिए । पारिश्रमिक नपाएपछि तालाबन्दी गर्न बाध्य भएको कामदार सुनिल दासले बताए । पटकपटक रकम दिन माग गरे पनि वडा कार्यालयले बेवास्ता गरेको उनको भनाइ छ । श्रमिकहरूलाई असार १५ गतेसम्म भुक्तानी दिनुपर्ने थियो । ‘हामी गरिब मान्छे, दैनिक ज्यालादारीमा काम गरेर खान्छौं, काम गरेको पैसा नै नपाएपछि हाम्रो गुजारा कसरी चल्छ ?’ श्रमिक गीतादेवी दासले भनिन्, ‘धनी मान्छेहरूको काम समयमै भइहाल्छ, तर हाम्रो ५ महिना भइसक्यो, अहिलेसम्म काम गरेको पैसा पाएको छैनौं ।’ वडा कार्यालयका अनुसार ४३ जना कामदारले १० लाख ७५ हजार रुपैयाँ भुक्तानी पाएका छैनन् । एक कामदार बराबर २५ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । वडाध्यक्ष अशोक साहले कर्मचारीको लापरबाहीले श्रमिकहरूले पैसा पाउन नसकेको बताए । उनले कर्मचारीकै लापरबाहीका कारण आर्थिक वर्षभित्रै चेक बन्न नसकेको बताए । ‘वडाबाट आफूले गनुपर्ने सबै काम गरेर सम्बन्धित शाखा र लेखा शाखामा पठाएको हुँ,’ उनले भने, ‘तर लेखा र सम्बन्धित कर्मचारीको कारण निकासा हुन सकेको छैन ।’ वडाध्यक्ष साहले श्रमिकहरूले पाउनुपर्ने पारिश्रमिकका बारेमा आफूले पहल गरिरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 43
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis