Incident Reports

तीन महिनादेखि तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक आन्दोलित

2021-10-06

Gandaki, Myagdi, Beni

बेनी : म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले चाडपर्वको मुखमा समेत तीन महिनादेखिको तलब नपाएपछि बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ शैया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् । बहिरंग, ल्याव, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । ठूला चाडपर्व नजिकिएको र लामो समयको विदा सुरु हुन लाग्दा समेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको नर्स मनदेवी गौतमले बताइन् । ‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,' उनले भनिन्, ‘अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं। चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो।’ आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण बिरामी मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगंगा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउँदा समस्या भएको बताए । गण्डकी प्रदेश सरकार अन्तरगतको बेनी अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाई भएपनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलले बताए । लेखापाल सुबेदीले तीनवटा कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरिक्षणमा आएकाले ढिलाइ भएपनि तलब भुक्तानीको काम गरिरहेको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच छलफल गरेर सेवा सूचारु गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments