Incident Reports

थाहा खबर: त्रिनगर–गौरीफन्टा नाकामा सशस्त्र प्रहरीबाट कुटिए रिक्सा चालक

2021-10-07

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी : सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा प्रहरीले रिक्सा चालकलाई कुटपिट गरेको छ। नाकामा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक देवेन्द्र गिरीले रिक्सा चालक विनोद चौधरीलाई कुटपिट गरेका हुन्। नाकामा आफूलाई प्रहरीले कुटपिट गरेको बताउँदै चौधरीले भने, ‘भारतबाट एकजनाको सामान ल्याउँदै थिए। ५० रुपैयाँ दिन भन्नुभएको थियो। सामान काँधमा थियो। सईले लाठीले हान्नु भयो। हात भाँच्चिएको छ।’सीमा पारी नजान भन्दै आफूलाई सशस्त्र प्रहरीले लाठी प्रहार गरेको उनले बताए। यस्तै अर्का रिक्सा चालक केशव जोशीले पनि सशस्त्र प्रहरीले शरीरको लुगा च्यातेको र अभद्र व्यवहार गरेको बताए। उनले भने, ‘उहाँलाई सशस्त्रले हान्यो। हात भाँच्चिएको छ। ५० रुपैयाँका लागि हात भाँचिएको छ। ममाथि पनि अभद्र व्यवहार भएको छ।’रिक्सा व्यवस्थापन समिति कैलालीले पनि रिक्सा मजदुरमाथि अन्याय भएको बताएको छ। सशस्त्र प्रहरीका सई गिरीले भने आदेशअनुसार काम गरेको भन्दै रिक्सा चालकलाई सम्झाएको बताए। उनले आदेशअनुसार सीमामा रिक्सा व्यवस्थापन गर्न प्रयास गरेको बताए। उनले भने, 'एकजनालाई छोडे अरूले विरोध गर्दछन्। पारी कसैलाई जान दिने र कसैलाई जान नदिने गर्न मिल्दैन।’नाकामा रिक्सा चालकले पनि स्वदेश फर्किने नेपालीबाट चर्को असुली गर्दै आएका छन्। नाकामा रिक्सा चालकले पनि स्वदेश फर्किने नेपालीबाट चर्को असुली गर्दै आएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments