Incident Reports

चितवनमा बसको ठक्करले बालकको निधन, स्थानीयको प्रदर्शन रोक्न अश्रुग्यास प्रहार- वाग्मती - कान्तिपुर समाचार

2021-10-10

Bagmati, Chitawan, Bharatpur, Ward 7

चितवन — बसको ठक्करबाट बालकको मृत्युलाई लिएर भएको विरोध प्रदर्शन रोक्न चितवन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भतपुर महानगरपालिका–७ विकासचोकमा बा १ प १२८४ नम्बरको बसले ८ वर्षीय बालकलाई ठक्कर दिएपछि मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए ।

‘बस प्रहरी कार्यालयमा ल्याउन अवरोध हुन थालेपछि हामीले अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रणमा लिनु पर्ने अवस्था आएको हो । साँझ साढे ७ बजेतिर हामीले बस पनि प्रहरी कार्यालयमा ल्याएका छौं । अहिले अवस्था सामान्य बनेको छ’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

डिएसपी थापाका अनुसार ठक्करबाट घाइते भएका बालकलाई भरतपुर अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि बालकसँगै रहेकी हजुरआमा सूर्यकुमारी लामिछाने अचेत भएकी थिइन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments