Incident Reports

इन्धनको मूल्य वृद्धिविरुद्ध विरोध प्रदर्शन - Khabar Break

2021-11-11

Karnali, Mugu, Chhayanath Rara

मुगु । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुगुले बिहीबार बजार परिक्रमा गरी कृष्ण चोकमा कोणसभामा परिणत भई विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका  विप्लव कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी  मुर्दावाद, दलाल मुर्दावादलगायत नारा लगाएका थिए ।

गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकायाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रिएको बताए ।पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments