Incident Reports

बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-20

Province 1, Morang, Katahari, Ward 7

चार वर्षीया बालिकालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले भारतको, अररिया जिल्ला स्थायी घर भई कटहरी गाउँपालिका–७ मा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते राति कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा लगेर बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाका बाबुआमा खेतमा काम गर्न गएको मौका छोपी आरोपितले बालिकालाई घरबाट खोलामा पुर्‍याएर बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी श्रेष्ठले बताउनु भयो ।खेतबाट घर फर्किएका बाबुआमाले घरमा छोरी घर नभएपछि खोजी गरेका थिए । खोजीका क्रममा लोहन्द्रा खोला किनारामा अर्धचेत र घाइते अवस्थामा छोरी फेला परेको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।घाइते बालिकाको उपचार कोशी अस्पताल विराटनगरमा भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments