Incident Reports

राजर्षि जनक विश्वविद्यालयमा शिक्षकको तालाबन्दी र धर्ना

2021-11-25

Madhes, Dhanusha, Janakpur

९ मंसिर, जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरी धर्ना बसेका १२ जना करारका शिक्षक पक्राउ परेका छन् ।विश्वविद्यालयको डिनको कार्यालयमा तालाबन्दी गरी बिहीबार बिहान धर्ना बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर पछि छाडेको छ ।शिक्षक भर्नाका लागि आएको बजेट अन्य शीर्षकमा खर्च गरी शिक्षक भर्ना नगरेको भन्दै शिक्षकहरुले केही महिनाअघि पनि डिन कार्यालयमा ताला लगाएका थिए । तर, ताला तोडिएको थियो ।

ताला तोडेपछि शिक्षकहरु बिहीबार पुनः ताला लगाएर धर्ना बसेका थिए । त्यही क्रममा जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका उनीहरुलाई भने दुई घण्टापछि प्रहरीले छाडेको हो । करारमा नियुक्त शिक्षक दिलिप यादवले शिक्षक भर्नाकै लागि आएको बजेट अन्य शीर्षकमा खर्च गरिरहेकाले आफूहरु आन्दोलित भएको बताए । उनले बजेटको सदुपयोग गर्दै शिक्षक भर्ना नगरिए आफूहरुको आन्दोलन जारी रहने बताए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments