Incident Reports

धनगढी विमानस्थलमा स्थानीयको प्रदर्शन

2021-12-20

Sudurpashchim, Kailali, Dhangadhi

५ पुस, धनगढी । धनगढी विमानस्थलका लागि भन्दै ‘अनधिकृत’ रुपले जग्गा रेखाङ्कन गरिएको विरोधमा धनगढी विमानस्थलमा प्रदर्शन गरिएको छ । विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारीसमेत नदिएर सिमेन्टका पिलर गाडिएपछि आक्रोशित स्थानीयले नाराबाजीसहित सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको दाबी गरिएको अवस्थामा कसले, के उद्देश्यले आफूूहरुको जग्गामा रेखाङ्कन गरेको हो ? भन्दै छानबिनको माग गरेका छन् । स्थानीय वासिन्दाले विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टलाई भेटेर अवैध रुपमा रेखाङ्कन गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्न माग गरेका छन् । प्रमुख भट्टले उक्त विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताउँदै अहिलेसम्म जग्गाको रेखाङ्कन गर्ने व्यक्तिको पहिचान नभएको बताएका थिए । शनिबार बिहान विमानस्थल कार्यालयको दक्षिण, पूूर्वतर्फको जग्गा अधिग्रहणका लागि भन्दै रेखाङ्कन गरेर पिलर हालेको देखेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । तर विमानस्थल कार्यालयले उक्त विषयमा स्थानीयले जानकारी गराएपछि मात्रै थाहा भएको र त्यसमा कार्यालयको कुनै संलग्नता नरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of private land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments