Incident Reports

उचित ज्याला माग गर्दै सुनकोसी-मरिण डाइभर्सनका कामदार आन्दोलित

2021-12-27

Bagmati, Sindhuli, Kamalamai, Ward 2

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यिय आयोजनाको सुरुङ मार्ग निर्माणमा संलग्न मजदुरहरू थप सेवा सुविधा माग गर्दै काम रोकेर आन्दोलनमा उत्रिएका छन् । पूर्वाधार निर्माणमा संलग्न मजदुरहरू जिल्ला दररेट अनुसारको पारिश्रमिक र अन्य सुविधा माग गर्दै काम रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा दुई महिना अघिदेखि सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)को कार्यालय, कर्मचारीको आवास गृह लगायतको भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

जिल्ला दररेट अनुसार दैनिक आठ घण्टा काम गर्दा ज्याला एकहजार रुपैयाँ रहे पनि आयोजनाले ७३५ मात्र दिने गरेको मजदुरहरूको गुनासो छ । आयोजनमा काम गर्दैआएका मिस्त्री (दक्ष कामदार) पप्पु भुजेलले आफूहरूको माग पूरा नभएसम्म काम रोकिराख्ने चेतावनी दिएका छन् । आयोजनामा अहिले मजदुर (लेबर) ११० जना, मिस्त्री ५० जना, मेकानिकल आठ जना, अपरेटर २० जना, वेल्डर सात जना, दोभासे चार जना, कार्यालयका अन्य कामदार र सवारी चालक गरी ३२० जना मजदुर कार्यरत रहेको चाइना ओभरसिज इन्जिनियरिङले जनाएको छ ।

आन्दोलित मजदुरहरूले आयोजनाको निर्माण कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभर टाइम हुनुपर्ने, दसैं बोनस् पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नियमित हाजिरी हुनुपर्ने लगायत माग गरेका छन् ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका इन्जिनियर रवी शाक्यले समस्याका विषयमा ठेकेदार कम्पनी र मजदुरबीच छलफल भइरहेको र एक/दुई दिनमै समाधान निस्किने बताए । उनका अनुसार आयोजनामा हाल क्याम्प व्यवस्थापन लगायत पूर्वाधार निर्माणको काम भइरहेको छ । अब अप्रिल महिनामा टनेल बोरिङ मेसिल (टीबीएम) ल्याएर सुरुङ खन्ने तयारी भइरहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिञ्चाई सुविधा पुर्‍याउने रहेको छ । आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 320
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis