Incident Reports

विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी

2022-07-01

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगले २५ जना करार कर्मचारी नियुक्तिका लागि खोलेको विज्ञापन रोक्न माग गर्दै प्रजातन्त्रवादी प्रध्यापक संघले सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सरकारको स्वीकृतिविनै नभएको दरवन्दीमा आफ्ना अनुकुलका मानिस भर्ती गर्न खोजेको आरोप लगाउँदै संघले शुक्रबार सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको हो। ‘मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयले नेपाल सरकारको स्वीकृति नलिएर, विना दरवन्दी मनोमानी तरिकाले आफ्ना अनुकुलका मानिस भर्ती गर्नका लागि जेठ ३ गते २५ जना प्रध्यापक, सहप्रध्यापक तथा उपप्रध्यापकहरुमो करार सेवाको विज्ञापन गरेको छ,’ अध्यक्ष गीताराम ढकालले भने, ‘वार्षिक १० करोडबढी ऋणमा रहेको शिक्षक तथा कर्मचारीहरुलाई समयमा पारिश्रमिक भुक्तानी गर्न नसकीरहेको अवस्थामा अध्यापन गराउने विषयसमेत उल्लेख नगरेर गरिएको विज्ञापन गैरकानुनी भएकाले रद्द गर्न माग गर्दै तालावन्दी गरेका हौं।’

प्रजातन्त्रवादी प्रध्यापक संघले विज्ञप्तिमार्फत लामो समयदेखि विश्वविद्यालयमा कार्यरत आशिंक तथा करार प्रध्यापक कर्मचारीहरुको व्यवस्थापन नगरेर आवश्यकनै नभएका शैक्षिक पदहरुमा विषयनै नखुलाएर, करारको प्रकृतिनै तय नगरेर गरिएको विज्ञापन तत्काल रोक्न माग गरिएको छ। विज्ञप्तिमा सबै कामहरु भौतिक उपस्थितिमा भइरहेको बेला सर्ट लिष्टमा रहेकाहरुलाई जुममार्फत अन्र्तवार्ता लिने गरिएको पनि उल्लेख छ। ‘सेवा आयोगले आफ्नो गरिमासमेतलाई मध्यनजर नगरी विश्वविद्यालयको नियम, पद्दती र प्रक्रिया विपरित केन्द्रीय कार्यालयबाट खोलिएको विज्ञापनमा साथ दिँदै आफ्नै विधि र प्रक्रियाविपरित कर्मकाण्डी तरिकाले जुममार्फत लिँदै आएको अन्र्तवार्ता निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कर्मकाण्डी जुम अन्र्तवार्ता तत्काल रोक्नका लागि सेवा आयोगसँग गरिएको अनुरोधलाई बेवास्ता गरेकाले तालावन्दी गरेका हौं।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments