Incident Reports

गाउँपालिकाका लेखा अधिकृतलाई मोसो दली दुर्व्यवहार

2022-12-26

Gandaki, Tanahun, Devghat, Ward 3

तनहुँको देवघाट गाउपालिकाका लेखा अधिकृत उमनाथ ढकाल र सहायक लेखापाल सन्जय शर्मालाई वडा नम्बर ३ का युवाहरुले पुस ११ गते कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन् । वडा नम्बर ३ को छिपछिपेमा सन्चालित छिपछिपे भन्ज्याङ सोलार लिफ्टिङ खानेपानी योजनाको भुक्तानी दिन ढिलाइ गरेको विभिन्न कागजात मागेर उपभोक्तालाई दुख दिएको भन्दै उपभोक्ता समितिका सदस्य र केही युवाहरुले लेखा अधिकृत ढकाल र लेखापाल शर्मालाई कार्यकक्ष भित्र पसेर मोसो दली कुटपिट समेत गरेका थिए । इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज वरिष्ठ सई भेषराज रेग्मीले कर्मचारीलाई दुर्व्यवहार भएको सुचना पाएपछि गाउँपालिका पुगेर कर्मचारीलाई सुरक्षित गराईएको र युवाहरुलाई नियन्त्रणमा लिईएको बताउनुभयो । नियन्त्रणमा लिईएका सबैजना सोमबार सांझ नै रिहा भएको रेग्मीले बताउनुभयो।

सोलार लिफ्टिङ खानेपानी आयोजना सन्चालन भएवापत गाउँपालिकाबाट उपलब्ध गराउनु पर्ने सात लाख रुपैयाँ रोक्का गरेको र पटक पटक भुक्तानीको लागि ताकेता गर्दा पनि लेखा अधिकृतले दुख मात्रै दिएको कारण उपभोक्ताहरु आक्रोशित भएको छिपछिपे टबधल विकास संस्थाका अध्यक्ष रविन्द्र गुरुङले बताउनुभयो। गत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने उक्त रकम नयाँ आर्थिक वर्षको साढे चार महिना बितिसक्दासम्म पनि भुक्तानी नभएको गुरुङले बताउनुभयो । गैरसरकारी संस्थाबाट हुनुपर्ने भुक्तानी समयमै भए पनि गाउँपालिकाबाट हालसम्म एक रूपैयाँ पनि नदिएपछि स्थानीय आजित भएको स्थानीय धनकुमार गुरूङले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments