Incident Reports

ताप्लेजुङका पालिकामा तालाबन्दी

2023-03-28

ताप्लेजुङ — कोशी प्रदेश पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङका गाउँपालिका तथा नगरपालिकामा तालाबन्दी गरेका छन् । फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरिएको छ । अन्य स्थानीय तह र वडा कायालयमा पनि तालाबन्दी गरिएको संघर्ष समितिको दाबी छ ।

प्रहरीसँगको झडपको क्रममा घाइते भएका पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका हुन् ।

संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यस अघि नै गरेको थियो । संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन् ।

यसअघि पार्टी कामको सिलसिलामा ताप्लेजुङ गएका कोशी प्रदेश माओवादी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्र आङ्बो सवार गाडीमा ढुंगा हानेर क्षति पुर्‍याएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis